डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

डोटी मंसिर १४। डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आदर्श गाउँपालिका–४ ल्वारेगडा क्षेत्रमा दिपायलबाट गोरेलीतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझ करिब सात बजे तिर समयमा सु.प.प्र. ०२–००१ च ११३५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब एकसय मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार जिप चालक आदर्श गाउँपालिका–४ भुवा बस्ने करिब २९ वर्षीय मोहन विष्ट सहित १२ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीको जानकारीमा उल्लेख छ । उनीहरूलाई तत्काल उद्धार गरी काँणीस्याउले जीडी पोलिक्लिनिकमा उपचारका लागि पठाइएको छ ।

घाइतेहरूमा भगवती बि.क. (२१ वर्ष), रितिका बि.क. (५ वर्ष), राजन बि.क. (१ वर्ष), टिका बि.क. (३८ वर्ष), शेर बि.क. (१९ वर्ष), सरस्वती ओझा (१८ वर्ष), लालबहादुर विष्ट (३५ वर्ष), दिल्लीराज ओझा (२५ वर्ष) , बिष्ना ओझा (२३ वर्ष), सन्तोष विष्ट (२२ वर्ष) र दीपेश ओझा (४ वर्ष) रहेका छन् ।

उद्धारका लागि प्रहरी निरीक्षक पदम राज पन्तको कमान्डमा ९ जनाको प्रहरी टोली खटिएको थियो । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

प्रतिकृया दिनुहोस

अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे 

धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा

भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि

कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा

↑