कैलालीमा एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ

कैलाली, मंसिर २। जिल्ला प्रहरी कार्यालय कैलालीले एकै दिन ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्लासँगै मातहतका प्रहरी इकाइहरूले अदालतको फैसला कार्यान्वयन प्रभावकारी बनाउन सञ्चालन गरेको विशेष अभियानअन्तर्गत एकै दिन ४२ जना प्रतिवादी पक्राउ गरेका हुन् ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रकृयाका लागि जिल्ला अदालत कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका व्यक्तिलाई जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।

अदालतका फैसलाहरू समयमै कार्यान्वयन गराउनमा प्रहरी सक्रिय रहँदै आएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी राजकुमार सिंहले बताए । फरार रहेका अन्य प्रतिवादीको पनि खोजी कार्य निरन्तर जारी रहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमकै पहिलो आकाशे पुलको फाउण्डेसन तयार

अत्तरिया, कात्तिक ६ । कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया धनगढी ६ लेन सडकमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण भइरहेको छ । बढ्दो

उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला 

डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट

सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न 

डडेल्धुरा : डडेल्धुरामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको

↑