दार्चुला अटोरिक्सा दुर्घटनामा बेपत्ता दुईजनाको शव फेला
दार्चुला, भदौ १७ । दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ।
नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा नौगाड गाउँपालिका–६ डाडा बस्ने १७ वर्षीया भागा धामी र उनकी १२ वर्षीया भतिजी आरुषा धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए। होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खसेको हो।
प्रहरी निरीक्षक रावतका अनुसार अटोरिक्सा चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक मनिरामका छोरा १७ वर्षीय आयुस सो दुर्घटनामा घाइते भएका छन्। उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सुदूरपश्चिमकै पहिलो आकाशे पुलको फाउण्डेसन तयार
अत्तरिया, कात्तिक ६ । कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया धनगढी ६ लेन सडकमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण भइरहेको छ । बढ्दो
उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला
डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट
सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न
डडेल्धुरा : डडेल्धुरामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको










प्रतिकृया दिनुहोस