युवकमाथि खुकुरी प्रहार गर्ने २ जना पक्राउ
डडेल्धुरा, असोज १ । डोटीमा ३ युवकमाथि खुकुरी प्रहार गर्ने २ जना पक्राउ गरेका छन । गएराती साढे १ बजेको समयमा धारिलो हतियार खुकुरी प्रहारबाट ३ युवक घाइते भएका छन ।
घाइते हुनेमा जिल्लाको जोरायल गाउँपालिका वडा न–४ काफली बस्ने २१ वर्षीय महेश बोहरा सोही ठाउँ बस्ने २१ वर्षीय युवराज बोहरा र सोही ठाउँका २१ वर्षीय किशोर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
महेश बोहरा र युवराज बोहरालाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको र किशोर बोहराको सरस्वती नगर प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए ।
सोही ठाउँ थलि स्थित केदार देवताको मन्दिरमा लागेको पूजापाठ तथा धार्मिक मेलामा फोटो भिडियो खिच्ने विषयमा विवाद भई झैझगडा हुँदा ३ युवक माथि खुकुरी प्रहार गर्ने कैलाली जिल्लाको चुरे गाउँपालिका–३ शान्तिपुरका २७ वर्षीय आदर्श बिक्रम विष्ट र चुरेकै २२ वर्षीय पवन साउँदलाई इलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ ।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस