पहिरोमा परेर बझाङमा चार जनाको मृत्यु
बझाङ, भाद्र ३ ।। बझाङमा पहिरा जाँदा चार जनाको मृत्यु भएको छ । बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा चार जनाको मृत्यु भएको हो ।
गतराति गएको पहिरोमा परि टुमेडाका काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामीको मृत्यु भएको हो । पहिरोमा पुरिएर बेपत्ता भएका चारै जनाको शव स्थानीय र प्रहरी चौकी झापाको टोलीले निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उक्त पहिरोमा परेका बिरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी र शान्ति धामी गरि ५ जनाको तत्काल जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस