डोटीमा बस दुर्घटना, १६ जना घाईते (विवरण सहित)
डोटी, साउन ३२ । डोटीमा बस दुर्घटना भएको छ । धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस रेडियो नेपाल नजिक समुहागाडमा आज बिहान ४ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइते सबैको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेकोे छ ।
घाईते हुनेमा डडेल्धुराको गन्यापधुरा–२ रिठा बस्ने २३ वर्षकी सविता देउवा, डोटीको दिपायल सिलगढी–६ थाप्ला बस्ने २९ वर्षिय भोज राज धामी, डोटी सायल–७ गौरीगाउँ बस्ने वर्ष ८२ का तेज बहादुर सिंह, आदर्श–४ बस्ने वर्ष ३०का कृष्ण विष्ट, ३८ वर्षिय सन्तोष बोहरा, डोटीको शिखर– १० वान्डुङग्रीसैन बस्ने वर्ष ३५ का भरत रावत रहेका छन ।
यस्तै बस साहु डोटी के.आई.सिंह–२ डुम्राकोटका ४२ वर्षका कमल विक्रम शाही, डोटीको दिपायल सिलगढी–१ तिखाका ४० वर्षका डम्मरी देवी खड्का, राजपुर बस्ने वर्ष ३८ का दिल बहादुर नेपाली, सायल–४ डौड बस्ने वर्ष ६५ का हर्क बहादुर सिंह, डोटी दिपायल सिलगढी–६ बस्ने वर्ष २९ का भेषराज धामी, डोटी आदर्श–१ बस्ने वर्ष २३ को प्रकाश खड्का, पुर्वीचौकी–७ टिमुर दह बस्ने वर्ष २१ का हिक्मत वि.क.,बोगटान फुड्सिल–६ पलाडी वस्ने वर्ष ३५ का देव बहादुर बोगटी, सायल–४का ५६ वर्षिय लाल बिरे भुल, सायल–२ बस्ने ४० वर्षिय दल बहादुर बयाडी रहेका छन ।
साथै बस दुर्घटना हुँदा दिपायल सिलगढी– ४ रेडियो नेपाल बस्ने लक्ष्मण बोगटीको पक्की घर तथा भान्सामा क्षति भएको र अर्जुन ठोकरको भान्सा घरमा क्षति भएको प्रहरीले जनाएको छ ।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस