अछामको मङ्गलसेनले अनुदानमा वितरण गर्दै विद्युतिय चुल्हो 

अछाम, जेठ ७ । अछामको मङ्गलसेन नगरपालिकाले विद्यूतिय चुल्हो वितरण गर्ने भएको छ । नगरबासीहरुको सहजताका लागि नगरपालिकाले विद्यूतको पहुँच भएका स्थानमा अनुदानमा विद्युतिय चुल्हो वितरण गर्ने भएको हो ।

नगरबासीहरुसँगको लागत साझेदारीमा नगरका विपन्न, एकल महिला र दलित समुदायका घर परिवारलाई विद्युतीय चुल्हो वितरण गर्न थालेको नगरपालिकाले जनाएको छ ।

नगरबासीहरुलाई लागत साझेदारीमा इन्डक्सन चुलो, इन्डक्सन प्रेसरकुकर र इन्डक्सन कराही वितरण गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले जानकारी दिए ।

उनका अनुसार ८ हजार ५०० लागत रहेको उक्त सामग्रीमा सम्बन्धित व्यक्तिले ४ हजार ५०० मात्र नगरपालिकालाई राजस्व बुझाउनुपर्नेछ ।
 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमकै पहिलो आकाशे पुलको फाउण्डेसन तयार

अत्तरिया, कात्तिक ६ । कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया धनगढी ६ लेन सडकमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण भइरहेको छ । बढ्दो

उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला 

डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट

सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न 

डडेल्धुरा : डडेल्धुरामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको

↑