नेपालमा हरेक १० मिनेटमा १ जनालाई मस्तिष्कघात

काठमाण्डौ, कात्तिक १२ । नेपालमा हरेक वर्ष ५० हजारभन्दा धेरै मानिस मस्तिष्कघात अर्थात ‘स्ट्रोक’ बाट प्रभावित हुने गरेका छन् ।

विश्व मस्तिष्कघात दिवसका अवसरमा नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष डा। राजु पौडेलले नेपालमा हरेक १० मिनेटमा एक जनामा मस्तिष्कघात हुने गरेको तथ्य जानकारी गराउनुभएको हो । मस्तिष्कघात भएकामध्ये १५ देखि २० प्रतिशतले अकालमा ज्यान गुमाउने गरेका छन् ।

डा। पौडेलका अनुसार मस्तिष्कको कुनै भागमा रक्तसञ्चार अवरुद्ध भई अक्सिजन र पोषक तत्त्वको कमी हुँदा मस्तिष्कघात हुने गर्छ ।

उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूम्रपान, निष्क्रिय जीवनशैली र असन्तुलित खानपान मस्तिष्कघातका मुख्य कारण हुन् ।

सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, बोली लरबराउनु, आँखाको ज्योति अचानक गुम्नु र हातखुट्टा लुलो हुनु यसका प्रमुख लक्षण हुन् । यस्ता लक्षण देखिएमा चार घण्टाभित्रै अस्पताल पुर्‍याउन सके बिरामीको प्रभावकारी उपचार सम्भव हुने चिकित्सकहरूको भनाइ छ ।

विश्वभर हरेक वर्ष १ करोड २० लाख मानिस मस्तिष्कघातबाट प्रभावित हुने गरेका छन् । नेपालजस्ता विकासोन्मुख देशमा यसको जोखिम उच्च रहेकाले सरकारले यसको रोकथाम र उपचारमा विशेष ध्यान दिनुपर्ने हुन्छ । रासस

प्रतिकृया दिनुहोस

चाडपर्व सकिएसँगै रोजगारीका लागि भारत फर्किनेको लर्को

डडेल्धुरा, कात्तिक १३ । दसैं आउनुअघि कैलाली र कञ्चनपुरका सिमानाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लातर्फ फर्किनेको चहलपहल थियो। भारतका विभिन्न सहरमा

अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन पाइने

काठमाण्डौ, कात्तिक १३ । सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउन नेपाल नागरिकता ९पाँचौँ संशोधन० नियमावली २०८३

देशका पूर्व र मध्य भेगमा वर्षा र हिमपात, आज अझै ठूलो पानी पर्ने

काठमाण्डौ, कात्तिक १३ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका धेरै ठाउँमा वर्षा र हिमपात भइरहेको छ । पूर्वदेखि लुम्बिनी

↑