चाडपर्वको बिदामा बालबालिकाको दैनिकी फेरिँदै, मोबाइलमा बढ्दै आकर्षण
डडेल्धुरा, कात्तिक १२ । दसैँ–तिहारका कारण विद्यालय बन्द भएपछि बालबालिकाको दैनिक जीवनशैली फेरिएको छ। नियमित पढाइमा व्यस्त रहने बालबालिका यतिबेला मोबाइल हेर्ने, साथीहरूसँग खेल्ने, घरायसी काममा सघाउने र चाडपर्व मनाउने गरेर समय बिताइरहेका छन्। लामो बिदाले मनोरञ्जन र पारिवारिक समय बिताउने अवसर दिए पनि पढाइको निरन्तरता र मोबाइल प्रयोगको सन्तुलन भने चुनौती बनेको छ।
कक्षा ६ मा अध्ययनरत स्मृति भट्टको दैनिकी पनि बिदासँगै फेरिएको छ। विद्यालय खुला हुँदा नियमित पढाइमा व्यस्त हुने उनी अहिले बिहान उठेर मोबाइल हेर्ने, पढ्ने, खाना खाने, खेल्ने र फेरि पढ्ने गर्छिन्। तर, विद्यालय सञ्चालन भइरहेका बेला जति पढाइ हुन्थ्यो, बिदामा त्यति हुन नसकेको उनको अनुभव छ।
कक्षा ४ मा अध्ययनरत रविना बोहराको दैनिकी पनि यस्तै छ। उनी बिदाको समयमा गृहकार्य गर्ने, घरायसी काममा सघाउने र मोबाइल हेरेर समय बिताउने गर्छिन्। ‘गृहकार्य गरिसकेकी छु। मोबाइल पनि हेर्छु, घरमा पनि सघाउँछु,’ उनले भनिन्। उनले दसैँ–तिहारको बिदा रमाइलोसँग बिताइरहेको बताइन्।
चाडपर्वको बिदामा बालबालिकाले परिवारसँग समय बिताउने, आफन्तसँग भेटघाट गर्ने र साथीहरूसँग खेल्ने अवसर पाएका छन्। तर, फुर्सदको समय बढेसँगै मोबाइलप्रतिको आकर्षण पनि बढ्ने गरेको अभिभावकको अनुभव छ। बालबालिकालाई मोबाइलबाट पूर्ण रूपमा टाढा राख्नुभन्दा यसको प्रयोगलाई व्यवस्थित गर्दै पढाइ, खेलकुद र अन्य सिर्जनात्मक गतिविधिमा सहभागी गराउनु आवश्यक देखिएको छ।
अभिभावक दीपा बोहराले बालबालिकालाई घुम्न लैजाने, गृहकार्य गराउने र साथीहरूसँग खेल्न पठाउने गरेको बताइन्। तर, अन्य गतिविधिको तुलनामा उनीहरूको रुचि मोबाइलमा बढी हुने गरेको उनको अनुभव छ। ‘मोबाइल बढी हेर्न रुचाउँछन्। त्यसैले अलिअलि हेर्न दिने गरेकी छु,’ उनले भनिन्।
लामो बिदामा बालबालिकालाई पढाइको बोझ दिनुभन्दा उनीहरूको रुचिअनुसार सिक्ने र रमाउने अवसर दिनुपर्ने शिक्षकहरू बताउँछन्। जनज्योति प्राथमिक विद्यालय, डडेल्धुराका प्रधानाध्यापक मोहनसिंह भण्डारीका अनुसार बिदा सुरु भएको केही दिनमै विद्यार्थीले गृहकार्य सक्ने गरेका छन्। कतिपय विद्यार्थीमा नियमित पढाइभन्दा बिदा कहिले हुन्छ भन्ने चासो बढी देखिने गरेको उनको अनुभव छ।
‘लामो बिदामा विद्यार्थीलाई बोझ नहुने गरी गृहकार्य दिने गरेका छौँ,’ भण्डारीले भने, ‘अभिभावकले पनि बालबालिकाको पढाइ र समय व्यवस्थापनमा निगरानी गर्नुपर्छ।’
उनका अनुसार लामो बिदामा बालबालिकालाई अनावश्यक शैक्षिक बोझ दिनुभन्दा उनीहरूको रुचि र क्षमताअनुसार सिक्ने वातावरण बनाउनु उपयुक्त हुन्छ। मोबाइलको प्रयोगलाई पूर्ण रूपमा निषेध गर्नुभन्दा ज्ञानमूलक सामग्री हेर्न र नयाँ कुरा सिक्न प्रोत्साहित गर्न सकिने उनको सुझाव छ।
चाडपर्वको बिदा बालबालिकाका लागि मनोरञ्जन, पारिवारिक भेटघाट र व्यावहारिक सीप सिक्ने अवसर पनि हो। तर, लामो समयसम्म नियमित पढाइबाट टाढा रहँदा पढ्ने बानीमा असर पर्न सक्ने भएकाले बिदाको समयलाई व्यवस्थित बनाउन आवश्यक छ। मोबाइल प्रयोगको समय निर्धारण गर्ने, उमेरअनुसार उपयुक्त सामग्री हेर्न दिने, पुस्तक पढ्ने बानी कायम राख्ने र खेलकुद तथा घरायसी गतिविधिमा सहभागी गराउने हो भने बालबालिकाले बिदालाई रमाइलो र उपयोगी दुवै बनाउन सक्छन्।
यसका लागि बालबालिकालाई मोबाइल हेर्न नदिने मात्र होइन, मोबाइलबाहेकका गतिविधिमा पनि रुचि जगाउने वातावरण बनाउन अभिभावक र विद्यालयको भूमिका महत्त्वपूर्ण हुन्छ।
नेपालमा हरेक १० मिनेटमा १ जनालाई मस्तिष्कघात
काठमाण्डौ, कात्तिक १२ । नेपालमा हरेक वर्ष ५० हजारभन्दा धेरै मानिस मस्तिष्कघात अर्थात ‘स्ट्रोक’ बाट प्रभावित हुने गरेका छन् । विश्व मस्तिष्कघात
शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह
काठमाण्डौ, कात्तिक ११ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि नै देखिने भएको छ । नेपालमा यसको प्रभावले आजदेखि मौसम बदली हुन
डडेल्धुरामा २३ हेक्टर क्षेत्रफलमा किभि खेती विस्तार
डडेल्धुरा, कात्तिक ११ । महाभारत पर्वत क्षेत्रमा किभि खेती विस्तार हुँदै गएको छ । स्याउ उत्पादन घट्दै गएपछि किसान किभि खेतीतर्फ आकर्षित भएका हुन् ।
-

नेपालमा हरेक १० मिनेटमा १ जनालाई मस्तिष्कघात
-

चाडपर्वको बिदामा बालबालिकाको दैनिकी फेरिँदै, मोबाइलमा बढ्दै आकर्षण
-

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह
-

डडेल्धुरामा २३ हेक्टर क्षेत्रफलमा किभि खेती विस्तार
-

अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे





प्रतिकृया दिनुहोस