पेन्टिङबाट आत्मनिर्भर बन्दै डडेल्धुराका युवा, मासिक २५ हजारसम्म आम्दानी
डडेल्धुरा, कात्तिक ६ । रोजगारीका लागि युवा विदेशिने क्रम बढिरहेका बेला डडेल्धुराका केही युवा भने आफ्नै ठाउँमा पेन्टिङको काम गरेर आम्दानी गर्न थालेका छन्। खाली समयको सदुपयोग गर्दै सुरु गरेको पेन्टिङ पेसालाई उनीहरूले अहिले आम्दानीको माध्यम बनाएका छन्।
डडेल्धुराका शिवराज भट्टराई विगत ६ वर्षदेखि पेन्टिङको काम गर्दै आएका छन्। सुरुमा खाली समयमा काम गर्न थालेका उनले अहिले यसैलाई आफ्नो पेसा बनाएका छन्। उनका अनुसार पेन्टिङको कामबाट मासिक २० देखि २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। एक महिनामा करिब चारवटा घरको पेन्टिङ सक्ने गरेको उनी बताउँछन्। आठ जनाको समूहमा काम गर्दै आएका शिवराजले आवश्यकताअनुसार अन्य व्यक्तिलाई पनि पेन्टिङको सीप सिकाउने गरेका छन्। यद्यपि, बर्खायाममा भने एकदेखि दुई महिनासम्म काम बन्द हुने गर्छ।
यस्तै १९ वर्षीय दीपक भट्टराई ब्याचलर तहको पढाइसँगै पेन्टिङको काम गरिरहेका छन्। घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ खर्च जुटाउन आफूले काम गर्न थालेको उनी बताउँछन्। करिब सात महिनादेखि पेन्टिङको काम गर्दै आएका दीपक पढाइ र रोजगारीलाई सँगसँगै अघि बढाइरहेका छन्।
डडेल्धुराको अमरगढी नगरपालिका–७, पोखराका २९ वर्षीय चेत बिक पनि एक वर्षदेखि पेन्टिङको काममा संलग्न छन्। रोजगारीका लागि दुई वर्ष भारत बसेर फर्किएका उनले यहाँ आएपछि पेन्टिङको सीप सिकेर काम सुरु गरेका हुन्। आफ्नै ठाउँमा काम गरेर आम्दानी गर्न पाउँदा खुसी लागेको बताउने बिक अन्य युवालाई पनि सम्भव भएसम्म आफ्नै ठाउँमा काम गर्न सुझाव दिन्छन्।
सीप सिकेर आफ्नै ठाउँमा काम गर्ने हो भने रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सकिने यी युवाहरूको अनुभवले देखाउँछ। स्थानीयस्तरमै सीपमूलक कामलाई प्राथमिकता दिन सके युवालाई आत्मनिर्भर बनाउन र वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन सहयोग पुग्न सक्छ।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस