शैक्षिक योजना, IEMIS र प्रतिवेदन तयारीसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न

डडेल्धुरा : शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको आयोजनामा स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा कर्मचारीका लागि शैक्षिक योजना, कार्यक्रम कार्यान्वयन, एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली IEMIS र प्रतिवेदन तयारीसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा डडेल्धुरा जिल्लाका सातवटै स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा कर्मचारीको सहभागिता रहेको थियो । स्थानीय तहमा शैक्षिक योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शैक्षिक तथ्याङ्कको व्यवस्थित व्यवस्थापन, IEMIS मा तथ्याङ्क प्रविष्टि तथा अद्यावधिक र प्रतिवेदन तयारीलाई थप व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका निमित्त प्रमुख केशव जोशीले शैक्षिक योजना निर्माण तथा कार्यान्वयनमा तथ्याङ्कको शुद्धता, नियमित अद्यावधिक र प्रतिवेदनको महत्त्व रहेको बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रको योजना निर्माण, अनुगमन तथा मूल्याङ्कनलाई प्रभावकारी बनाउन सम्बन्धित कर्मचारीको क्षमता विकास आवश्यक रहेकोमा जोड दिनुभयो ।

शैक्षिक योजना, IEMIS र प्रतिवेदन तयारीसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्नको प्रभावकारी प्रयोग, शैक्षिक तथ्याङ्क व्यवस्थापन तथा प्रतिवेदन तयारीसम्बन्धी विषयमा राष्ट्रिय परीक्षा बोर्ड डडेल्धुराका प्रमुख नारायण दत्त भट्टले प्रशिक्षण दिनु भएको थियो। 

कार्यक्रमले स्थानीय तहका शिक्षा शाखामा कार्यरत कर्मचारीको प्राविधिक ज्ञान तथा कार्यक्षमता अभिवृद्धि गर्नुका साथै शैक्षिक योजना र कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमकै पहिलो आकाशे पुलको फाउण्डेसन तयार

अत्तरिया, कात्तिक ६ । कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया धनगढी ६ लेन सडकमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण भइरहेको छ । बढ्दो

उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला 

डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट

सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न 

डडेल्धुरा : डडेल्धुरामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको

↑