सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोड बजेट

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । 

यसअघि असार १ गते प्रस्तुत बजेट असफल भएपछि चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले परिमार्जित र संशोधन गरेर दोस्रो पटक बजेट प्रस्तुत गरेको हो । आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आज बसेको प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्नुभयो । प्रदेश सरकारले पुँजीगत र चालु खर्च नछुट्याइ बजेट सार्वजनिक गरेको छ । 

बजेटको स्रोतहरुमा आन्तरिक राजस्व एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९१ लाख रुपियाँ रहेको जनाइएको छ । यसैगरी, सङ्घीय रोयल्टी बाँडफाँटबाट प्राप्त हुने रकम सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ अर्ब छ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को बचत रकम नौ अर्ब ६५ करोड, सशर्त अनुदानतर्फ प्राप्त हुने रकम छ अर्ब तीन करोड ५८ लाख रुपियाँ रहेको छ ।

यस्तै, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमानित रकम ३८ करोड ८० लाख र विशेष अनुदान ५२ करोड ७६ लाख रुपियाँ रहेको मन्त्री मल्लले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमकै पहिलो आकाशे पुलको फाउण्डेसन तयार

अत्तरिया, कात्तिक ६ । कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया धनगढी ६ लेन सडकमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण भइरहेको छ । बढ्दो

उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला 

डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट

सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न 

डडेल्धुरा : डडेल्धुरामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको

↑