डडेल्धुरामा निरन्तर वर्षाः सवारी आवागमनमा रोक
डडेल्धुरा, असोज १०। डडेल्धुरामा निरन्तर वर्षा भईरहेकाले जिल्लाभर लामो तथा छोटो दूरीका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले शनिवार बिहान सूचना जारी गर्दै आज असोज १० गते बिहान ७ बजेदेखि असोज ११ गते बिहान ७ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी वेदराज फूयलका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो यातायात सञ्चालनसम्बन्धी सूचनाअनुसार डडेल्धुरा सतर्कता अपनाउनुपर्ने वर्गमा परेको र जिल्लाका पूर्व, उत्तर तथा दक्षिणतर्फका जिल्लाहरू जोखिम तथा अति जोखिममा रहेकाले यस्तो निर्णय गरिएको हो।
डडेल्धुरामा शुक्रबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ। यस अवधिमा आकस्मिक तथा अत्यावश्यक अवस्था परे जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस