डडेल्धुराको अजयमेरुमा भलिबल र कराते प्रतियोगिता हुँने
डडेल्धुरा, भदौ ३१ । डडेल्धुराको अजयमेरु गाउँपालिका –२ चमडामा रहेको विरवेताल देवताको जाँतको अवसरमा दोस्रो अजयमेरु महोत्सव आयोजना हुने भएको छ। यही असोज ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने भएको हो।
महोत्सवमा ३५ वर्षमाथिका भेटेरान (दिग्गज) कप भलिबल प्रतियोगिता, खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा प्रथम अजयमेरु विद्यालयस्तरीय यू–१८ कराते प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
भेटेरान कप भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः २५ हजार, १२ हजार र ८ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथमलाई ७० हजार, द्वितीयलाई ३५ हजार र तृतीयलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, विद्यालयस्तरीय यू–१८ कराते प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १२ हजार र ८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।
भेटेरान र खुल्ला पुरुष भलिबल प्रतियोगिताका लागि टिम दर्ता असोज ६ गतेसम्म गर्न सकिने आयोजकले जनाएको छ। महोत्सवमा सहभागी हुन इच्छुक खेलाडी तथा टिमलाई समयमै दर्ता गराउन आग्रह गरिएको छ।
सुदूरपश्चिम रोयल्समा भित्रिए वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन
अत्तरिया, कार्तिक ७ । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई
डडेल्धुरामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने
डडेल्धुरा, असोज १७ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा बडादशैंको पूर्वसन्ध्यामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार










प्रतिकृया दिनुहोस