डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा केसी–मल्लको जोडीले योगेश बोहरा र भरतबहादुर ऐरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।
उपाधिसँगै विजेता केसी र मल्लको जोडीले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै, उपविजेता बोहरा र ऐरको जोडीले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बोहरा र ऐरले प्राप्त गरेको १० हजार रुपैयाँ भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
विजेता तथा उपविजेता खेलाडीलाई भागेश्वर गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि हेमराज चटौतले नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष चटौतले खेलकुदले आपसी भाइचाराको विकास गर्नुका साथै स्वस्थ जीवनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्वस्थ रहन र शारीरिक तथा मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको उल्लेख गर्नुभयो।
जिल्ला खेलकुद समिति डडेल्धुराका अध्यक्ष जगतबहादुर ऐरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने बताउनुभयो। जिल्ला खेलकुद समितिको आयोजनामा समितिकै कभर्डहलमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो। सहभागी टिमलाई चार समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो। 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम रोयल्समा भित्रिए वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन

अत्तरिया, कार्तिक ७ । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई

डडेल्धुरामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने

डडेल्धुरा, असोज १७ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा बडादशैंको पूर्वसन्ध्यामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

डडेल्धुराको अजयमेरुमा भलिबल र कराते प्रतियोगिता हुँने

डडेल्धुरा, भदौ ३१ । डडेल्धुराको अजयमेरु गाउँपालिका –२ चमडामा रहेको विरवेताल देवताको जाँतको अवसरमा दोस्रो अजयमेरु महोत्सव आयोजना हुने भएको छ। यही

↑