राप्रपा डडेल्धुराको अध्यक्षमा भण्डारी, संगठन विस्तारमा जोड

डडेल्धुरा, भदौ २७। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराको नेतृत्वमा राजेन्द्र भण्डारी पुनः दोहोरिएका छन्। शनिबार सम्पन्न पार्टीको ७औँ जिल्ला अधिवेशनले भण्डारीलाई दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट भण्डारीको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति पनि सर्वसम्मत चयन भएको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा रामबहादुर शाह, गणेश भण्डारी र कविता जोशी, सचिवमा लालबहादुर सेडा, कोषाध्यक्षमा सागर नगरकोटी तथा प्रवक्तामा सुरेश तोलाङ्गी चयन भएका छन्।

दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएपछि भण्डारीले जिल्लामा पार्टी संगठनलाई थप मजबुत बनाउने बताएका छन्। उनले राप्रपाका विचार, नीति र सिद्धान्तलाई जनस्तरसम्म पुर्‍याउँदै वडा र टोल तहसम्म संगठन विस्तारलाई प्राथमिकता दिने बताए।

भण्डारीले जिल्लामा हुने बेथिति तथा अनियमितताको विषयलाई उठाउँदै जनताका समस्या र सवालमा पार्टीले प्रभावकारी रूपमा आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरे। उनका अनुसार राष्ट्र, राष्ट्रियता, सनातन हिन्दू संस्कृति र राष्ट्रिय एकताको पक्षमा राप्रपाको विचारलाई जिल्लामा थप स्थापित गर्न नयाँ कार्यसमिति सक्रिय हुनेछ।

अध्यक्ष भण्डारीले पार्टीलाई थप सशक्त, प्रभावकारी र एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ नेतृत्वले संगठन विस्तारसँगै जनतासँगको सम्बन्धलाई बलियो बनाउने रणनीति अघि सारेको छ।

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाण्डौँ, असोज २४।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ । सभापति पदका लागि भएको निर्वाचनमा

प्रधानमन्त्री शाहद्वारा हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण

काठमाडौँ, असोज ९। प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई विश्व समुदायले गम्भीरतापूर्वक

सुदूरपश्चिममा मुख्यमन्त्रीसहित एमालेका तीन मन्त्रीले आज शपथ लिँदै

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा आज मुख्यमन्त्रीसहित नेकपा एमालेका तीन मन्त्रीले शपथ लिने भएका छन्। एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा

↑