डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
डडेल्धुरा, भदौ २५ । डडेल्धुरामा यहि भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद समिति डडेल्धुराले खेलकुदको विकास, विस्तार तथा प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने जनाएको हो।
प्रतियोगिता यही भदौ २७ र २८ गते जिल्ला खेलकुद समिति कभर्डहलमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन भदौ २७ गते हुने जनाइएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा टिमले भदौ २६ गतेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगिताका लागि खेलाडीको नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको जिल्ला खेलकुद समिति डडेल्धुराले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, नाम दर्ताका आधारमा जिल्ला खेलकुद समितिले प्रतियोगिताका लागि टिम तयार गर्ने जनाएको छ।
प्रतियोगिताले जिल्लामा ब्याडमिन्टन खेलको विकाससँगै नयाँ तथा प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। जिल्ला खेलकुद समितिका अध्यक्ष जगतबहादुर ऐरले प्रतियोगितालाई व्यवस्थित र सहभागितामूलक रूपमा सञ्चालन गर्ने बताउनुभएको छ। खेलाडी तथा खेलप्रेमीलाई प्रतियोगितामा सहभागिता जनाउन समितिले आग्रह गरेको छ।
सुदूरपश्चिम रोयल्समा भित्रिए वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन
अत्तरिया, कार्तिक ७ । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई
डडेल्धुरामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने
डडेल्धुरा, असोज १७ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा बडादशैंको पूर्वसन्ध्यामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने
डडेल्धुराको अजयमेरुमा भलिबल र कराते प्रतियोगिता हुँने
डडेल्धुरा, भदौ ३१ । डडेल्धुराको अजयमेरु गाउँपालिका –२ चमडामा रहेको विरवेताल देवताको जाँतको अवसरमा दोस्रो अजयमेरु महोत्सव आयोजना हुने भएको छ। यही










प्रतिकृया दिनुहोस