इन्डोनेशियामा विद्यालयको निःशुल्क खाना खाएपछि झन्डै २ हजार जना बिरामी

इन्डोनेशियाभरि पछिल्ला तीन दिनमा सरकारको निःशुल्क विद्यालय दिवा खाजा कार्यक्रमसँग सम्बन्धित ‘फुड पोइजनिङ’ अर्थात् खाद्य विषाक्तताका कारण झन्डै २ हजार जना विद्यार्थी र शिक्षक बिरामी परेका छन् ।

पछिल्लो घटनामा मध्य जाभाको रेम्बाङमा रहेको एक उच्च माध्यमिक विद्यालयमा खाना खाएपछि ७७७ जना बिरामी परेका बीबीसीले जनाएको छ ।

इन्डोनेशियाका विद्यालय जाने बालबालिकाहरूको पोषणमा सुधार गर्ने उद्देश्यले ल्याइएको अर्बौँ डलरको योजनामार्फत यी खानाहरू उपलब्ध गराइएका हुन् । यो योजना राष्ट्रपति प्राबोवो सुबियान्तोका प्रमुख नीतिहरूमध्ये एक हो ।

तर सामूहिक रूपमा धेरै मानिसमा देखिएको ‘फुड पोइजनिङ’ को सम्भावित स्रोत हुनुका साथै यो कार्यक्रम भ्रष्टाचारको आरोप र यसको लागतसम्बन्धी आलोचनाबाट पनि घेरिएको छ ।

अस्ति बुधवार दिउँसोको खानाको समयमा लासेममा रहेको उच्च माध्यमिक विद्यालयमा ‘माकान बेर्गिजी ग्राटिस’ ९एमबीजी० कार्यक्रमअन्तर्गत उपलब्ध गराइएको खाना खाएपछि ७५२ जना विद्यार्थी र २५ जना शिक्षकमा ‘फुड पोइजनिङ’ का लक्षणहरू देखिएका थिए ।

त्यसयता विद्यालयले झन्डै १ हजार २०० विद्यार्थी र ९५ जना कर्मचारीलाई घर पठाएको छ भने कतिपयलाई अस्पताल लगिएको छ ।

प्रधानाध्यापक जुहारतुतिकले सरकारले उपचारसम्बन्धी सम्पूर्ण खर्च व्यहोर्ने र स्थानीय खाद्य वितरक जिम्मेवारी लिन विद्यालयमा आएका बताउनुभएको छ ।

पूर्वी जाभाको सिदोआर्जोमा रहेको एक इस्लामिक आवासीय विद्यालयमा मङ्गलवार ‘एमबीजी’ खाना खाँदा ७३० जना बिरामी परेपछि यो प्रकोपको आशङ्का गरिएको स्थानीय स्वास्थ्य अधिकारीले बताएका छन् ।

स्थानीय अधिकारीहरूले सम्भावित प्रकोपको कारणबारे अनुसन्धान गरिरहेका छन् र खाद्य पदार्थमा हुन सक्ने दूषितपन पत्ता लगाउन तिनका नमूनाहरूको परीक्षण गरिँदै छ ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री शाहद्वारा हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण

काठमाडौँ, असोज ९। प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई विश्व समुदायले गम्भीरतापूर्वक

जापानमा १०० वर्षमाथि उमेरका नागरिकको संख्या एक लाखभन्दा बढी

सन् १९६३ मा उमेर १०० वर्ष वा त्यसभन्दा बढी भएका मानिसको तथ्यांक राख्न सुरु गर्दा जापानमा त्यस्ता मानिसको संख्या १५३ थियो। अहिले यो संख्या बढेर १ लाख ७

भारतमा महिलाको पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र मैनबत्ती निकालियो

भारतको आन्ध्र प्रदेशमा डाक्टरले एक महिलाको पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र एउटा मैनबत्ती निकालेका छन् । तीमध्ये एउटा कमल २५ सेन्टिमिटर लामो थियो

↑