बैतडीको लिस्किटामा जिप दुर्घटना, सात जना घाइते
बैतडी, भदौ १७। बैतडीको सुर्नया गाउँपालिका–२, लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सतबाँझबाट सुर्नया गाउँपालिकाको बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप बुधाबार साँझ साढे ५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिप अनियन्त्रित भइ खस्दा जिपमा सवार ११ जनामध्ये सातजना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा सुर्नया गाउँपालिका–६ रीगा बस्ने २० वर्षीया दिपा कुँवर, सुर्नया गाउँपालिका–२ की अन्दाजी ६५ वर्षीया हजारी बिष्ट, सोही ठाउँकी ३१ वर्षीया सुशीला भण्डारी, सोही ठाउँकी ७ वर्षीया दिप्ती बिष्ट,सुर्नया गाउँपालिका–५ स्वाली बस्ने ३० वर्षीय हरिश विक, सोही ठाउँका ४३ बर्षीय तिलक चन्द र सोही ठाउँका ३० वर्षीय दिपक चन्द रहेका प्रहरीले जनाएको छ ।
घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल, बैतडी पठाएको र घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस