बैतडीका ग्रामीण कच्ची सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक

बैतडी, भाद्र ३। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी वर्षा हुने तथा मनसुनजन्य विपद्को जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बैतडीमा भारी वर्षाको जोखिम रहेकाले  ग्रामीण कच्ची सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । भदौ २ गते मंगलबार बेलुका ७ बजेदेखि भदौ ४ गते बिहीबार बिहान ५ बजेसम्म ग्रामीण कच्ची सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मिना अर्यालले बताइन।

पक्की सडकमा समेत सावधानीपूर्वक सवारी सञ्चालन गर्न र सतर्कता अपनाउन सबै सवारी चालकलाई अनुरोध गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १ गते आइतबारदेखि भदौ ३ गते बुधबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने र मनसुनजन्य प्रकोपका कारण विपद्को जोखिम हुन सक्ने जनाएको छ। सोही अवस्थालाई मध्यनजर गर्दै बैतडीलाई समेत जोखिमपूर्ण जिल्लाका रूपमा राखिएकाले प्रशासनले सावधानी अपनाउन आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालय बैतडीले भदौ २ गते बिहानदेखि भदौ ४ गते बिहीबार बिहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। विशेषगरी नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले खोलानदी नजिक नजानसमेत प्रशासनले आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी मीना अर्यालद्वारा जारी सूचनामा सम्भावित विपद्का घटनाबाट जोगिन नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस

अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे 

धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा

भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि

कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा

↑