निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा बैतडीका सडकको अवस्था दयनीय
बैतडी, साउन ३१। बैतडीका मुख्य सडक खण्डको मर्मतसम्भारको जिम्मा पाएका निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा सडकको अवस्था दयनीय बनेको छ। सडकमा परेका ठूला खाल्डाखुल्डीका कारण यात्रु तथा सवारी चालकले सास्ती व्यहोर्नुपरेको छ।
मर्मतसम्भारको म्याद गत आर्थिक वर्ष २०८२/८३ मै सकिए पनि निर्माण कम्पनीले काम पूरा नगरेपछि डिभिजन सडक कार्यालय पाटनले आर्थिक वर्ष २०८३/८४ सम्म म्याद थप गरेको कार्यालय प्रमुख किरण सुवेदीले बताउनुभयो।
जिल्लाका प्रमुख राजमार्ग तथा सहायक सडकमा खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने र कालोपत्रे टाल्ने कामका लागि दुई निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। तर, ठेकेदारको ढिलासुस्तीका कारण सडकको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन। वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण स्थानीय तथा यात्रुले समस्या भोग्दै आएका छन्। सडक मर्मतमा ढिलाइ हुँदा दुर्घटनाको जोखिमसमेत बढेको सवारी चालकहरूले बताएका छन्।
डिभिजन सडक कार्यालयका अनुसार थपिएको समयभित्र पनि काम सम्पन्न नगरे निर्माण कम्पनीलाई कानुनी कारबाही गरिनेछ। कार्यालयका अनुसार गत आर्थिक वर्षमा काम नगर्ने १३ वटा निर्माण कम्पनीको ठेक्का रद्द गरिएको थियो।
सुदूरपश्चिमकै पहिलो आकाशे पुलको फाउण्डेसन तयार
अत्तरिया, कात्तिक ६ । कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया धनगढी ६ लेन सडकमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण भइरहेको छ । बढ्दो
उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला
डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट
सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न
डडेल्धुरा : डडेल्धुरामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको










प्रतिकृया दिनुहोस