बाजुरामा रैथाने बाली सङ्कटमा
बाजुरा, साउन ३१। बाजुरामा परम्परागत रूपमा लगाइँदै आएका कागुनो, झुमरो, मार्से र फापर जस्ता अन्नबाली पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन्। औषधीय गुण र अग्र्यानिक खानाका रूपमा देशभरका ठूला सहरहरूमा माग तीव्र रूपमा बढिरहेको भए पनि गाउँस्तरमा उत्पादन भने लगातार घट्दै गएको छ।
कुनै समय बाजुराका प्रायः प्रत्येक गाउँमा प्रशस्त मात्रामा उत्पादन हुने कागुनो, झुमरो र मार्से अहिले फाटफुट बाहेक देखिन छाडेको छ। त्यस्तै, जिल्लाका हिमाली भेगमा लगाइने फापर, चिनो र उवा समेत बिस्तारै हराउँदै गएको स्थानीयको भनाइ छ। उत्पादन घटेसँगै बजारमा अभाव बढ्दा अहिले जिल्लामै यी अन्नबाली पाउन मुस्किल हुन थालेको छ।
बडिमालिका नगरपालिका–५ का कृषक कविराज साउदका अनुसार पहिले गाउँमै ठेकेदारहरू आएर यी अन्नबाली खरिद गर्ने गरेका थिए। परम्परागत खेती प्रणालीबाट जीविकोपार्जन गर्न कठिन हुँदै जाँदा धेरै कृषकले यस्ता अन्नबाली लगाउनै छाडेका छन्।
कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख प्रेम न्यौपानेका अनुसार कागुनो, झुमरो, फापर र चिनु जस्ता परम्परागत अन्नबालीको बजार माग उच्च रहे पनि उत्पादन घट्दै जाँदा लोप हुने जोखिम बढेको छ। उत्पादन वृद्धि र संरक्षणका लागि थप प्रभावकारी कार्यक्रम ल्याउने तयारीमा कृषि ज्ञान केन्द्र बाजुरा रहेको उहाँको भनाइ छ।
कृषि प्राविधिकका अनुसार यी अन्नबाली पोषणयुक्त, औषधीय गुणले भरिपूर्ण र जलवायु अनुकूल खेतीका रूपमा चिनिन्छन्। तर युवा पुस्ताको खेतीप्रति घट्दो रुचि, वैकल्पिक आम्दानीका साधनको अभाव र सरकारी सहयोग प्रभावकारी नहुनुका कारण उत्पादन घट्दै गएको हो।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस