वर्षौँदेखि अनिश्चित बनेको बूढीगंगा आयोजनामा निर्माण तयारी तीव्र
अछाम, साउन २३। तीन पटकसम्म ठेक्का प्रक्रिया रद्द भएर वर्षौँदेखि अनिश्चित बनेको २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजना अन्ततः निर्माण प्रक्रियामा गएसँगै अछामको साँफेबगर क्षेत्रमा यसको चहलपहल बढेको छ ।
०८२ भदौ २९ गते ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडेलमा चिनियाँ कम्पनी सुपर पावर इन्जिनियरिङ कन्स्ट्रक्सन र नेपाली कम्पनी बानियाँ निर्माण सेवा प्रालि (मकवानपुर) बीच ठेक्का सम्झौता भएपछि अहिले आयोजनास्थलमा भौतिक निर्माणको पूर्व तयारी र प्रशासनिक कामले तीव्रता पाएका छन् ।
४२ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीले प्राविधिक टोली र आवश्यक जनशक्तिलाई फिल्डमा परिचालन गरिसकेको छ । लामो समयको प्रतीक्षापछि सुरु भएको यस आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्नका लागि हाल मुख्य संरचनाअन्तर्गत बाँध निर्माण क्षेत्र (हेडवर्क) मा प्रारम्भिक कार्यहरू अगाडि बढिसकेका छन् । आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन स्वीकृतिको प्रक्रियालाई समेत सँगसँगै अगाडि बढाइएको छ । जसले गर्दा डिजाइन स्वीकृत हुनासाथ मुख्य निर्माण कार्य पूर्ण क्षमतामा अघि बढ्न सक्ने बूढीगंगा जलविद्युत् आयोजना प्रमुख सुरेन्द्र घिमिरेले बताए । उनका अनुसार आयोजनाको समग्र रूपरेखा (ले–आउट) को डिजाइन फाइनल भइसकेको छ ।
आयोजनाको सुरुङ मार्ग निर्माण तथा अन्य पहाडी भूभाग कटानका लागि आवश्यक पर्ने ब्लास्टिङ सामग्री खरिदको प्रक्रिया पनि अगाडि बढिसकेको आयोजना प्रमुख घिमिरेले बताए । उनका अनुसार आयोजनास्थलमा सुरक्षा र ब्लास्टिङ सामग्रीको रेखदेखका लागि नेपाली सेनाको क्याम्प पूर्ण रूपमा तयारी अवस्थामा राखिएको छ । इकान्तिपुरबाट
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस