महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो

धनगढी, साउन १९। कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले ओपिडी र आकस्मिक सेवाको बिरामी टिकट शुल्क दोब्बरले बढाएपछि सेवाग्राहीबाट विरोध सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सञ्चालित अस्पतालले गत आर्थिक वर्ष २०८२–०८३ को जेठ महिनादेखि नै नयाँ शुल्क लागू गरेको हो।

यसअघि ओपिडीतर्फ २५ रुपैयाँ र आकस्मिक सेवातर्फ ५० रुपैयाँ रहेको टिकट शुल्क बढाएर क्रमशः ५० रुपैयाँ र १०० रुपैयाँ पु¥याइएको छ। सरकारी अस्पतालमै टिकट शुल्क दोब्बर बनाइएपछि सर्वसाधारणले गरिब तथा विपन्न बिरामीमाथि थप आर्थिक भार परेको गुनासो गरेका छन्।

सेवाग्राही सम्राट विष्टले टिकट शुल्क वृद्धि रकमका हिसाबले धेरै ठूलो नभए पनि यसले अन्य स्वास्थ्य सेवाको शुल्कसमेत बढ्ने हो कि भन्ने आशंका जन्माएको बताए। अर्का सेवाग्राही पवन जोशीले नयाँ व्यवस्थापन समिति आएपछि टिकट शुल्क बढाइएको भन्दै सरकारी अस्पतालमा उपचारका लागि आउने विपन्न  बिरामीमाथि अन्याय भएको टिप्पणी गरे।

स्थानीय मोहनदेव भट्टले निर्वाचनका बेला गरिबलाई निःशुल्क स्वास्थ्य सेवाको प्रतिबद्धता जनाइए पनि व्यवहारमा उल्टै टिकट शुल्क बढाएर बिरामीमाथि भार थपिएको आरोप लगाए। उनले अस्पतालका आधारभूत सेवासमेत निःशुल्क बनाउनेतर्फ पहल गर्न आग्रह गरे।

यता महाकाली प्रादेशिक अस्पतालले भने बिमा सेवा उपभोग गर्ने बिरामीहरूले गुनासो गरेपछि शुल्क वृद्धि गर्नुपरेको बताएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले स्वास्थ बिमामा आवद्ध भएका सेवाग्राही र अन्य सेवाग्राहीबीच समानता ल्याउन टिकट बढाइएको बताए।
 

प्रतिकृया दिनुहोस

अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे 

धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा

भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि

कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा

↑