बाजुराको कोल्टी बसपार्क रित्तै
बाजुरा, साउन १९। बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कोल्टी बसपार्क रित्तै छ । हिउँदमा दैनिक कोल्टी पुग्ने गरेका बस अहिले सदरमुकाम मार्तडीमा रोकिन थालेपछि बसपार्क रित्तै भएको हो । हिउँदमा घरको आँगनबाटै बस चढ्ने गरेका यहाँका स्थानीयवासी अहिले भने चार घण्टासम्म पदैल हिँड्दै मार्तडीमा पुग्न बाध्य छन् ।
बुढीनन्दा नगरपालिका–७ का डम्मर विक कोल्टी आउने बस मार्तडीमै रोकिएपछि पैदल नै मार्तडी आउजाउ गर्नु परेको बताउनुहुन्छ । जबसम्म मार्तडीबाट कोल्टी सडकको बिच बिचमा पर्ने खोलामा पुल बन्दैन र सडक कालोपत्रे हुँदैन तबसम्म नियमित रूपमा बस कोल्टीमा सञ्चालन नहुने विकको भनाइ छ । बर्सातमा जिल्लाका नौ वटै स्थानीय तहका सबै ग्रामीण सडक अवरुद्ध हुन्छन् । हिउँद लागेपछि स्थानीय तहले मर्मत गरेपछि यातायातका साधन सञ्चालन हुने गर्छन् ।
कर्णाली कोरिडोर सडकमा भने बससेवा सञ्चालन हुँदै आएका छन् । यहाँका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका स्थानीय अहिले सोही सडकमा बस चढेर नेपालगन्ज र काठमाडौँलगायतका सहरमा आउजाउ गर्ने गर्छन् । बुढीनन्दा नगरपालिकाका स्थानीयलाई भने कोल्टी बसपार्क सहज हुन्छ । उनीहरू कोल्टीबाट मार्तडी हुँदै धनगढी, नेपालगन्ज, काठमाडौँ आउजाउ गर्ने गर्छन् ।
२०७८ सालको असारमै निर्माण पूरा गर्ने गरेर २०७६ असारमा मार्तडी कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोड रुपियाँमा बानियाँ कोटेश्वर जेभी प्रालिले जिम्मा लिएको थियो ।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस