बैतडीको सिगासमा वडा सचिव नहुँदा सेवाग्राहीलाई समस्या
बैतडी, साउन १९। बैतडीको सिगास गाउँपालिकाका विभिन्न वडामा दरबन्दीअनुसार वडा सचिव नहुँदा नियमित प्रशासनिक काम तथा सेवा प्रवाहमा समस्या देखिएको छ। वडा कार्यालयमा आवश्यक जनशक्ति अभाव हुँदा स्थानीय तहबाट प्रवाह हुने सेवा प्रभावित भएको सेवाग्राहीले गुनासो गरेका छन्।
गाउँपालिकाका ९ ओटै वडामा वडा सचिवको दरबन्दी रहे पनि सोअनुसार स्थायी कर्मचारी नहुँदा गाउँपालिकाका सबै वडा कार्यालयको काम करारमा कार्यरत तथा अन्य कर्मचारीमार्फत सञ्चालन गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करबहादुर बोहराले बताउनुभयो । वडा कार्यालयमा वडा सचिव नहुँदा नागरिकता सिफारिस, जन्म, मृत्यु दर्ता, विवाह दर्ता, बसाइँसराइ, सामाजिक सुरक्षा भत्ता नवीकरण तथा सिफारिस लगायतका दैनिक प्रशासनिक काममा कठिनाइ हुने गरेको बताइएको छ ।
बैतडीको दुर्गम भौगोलिक अवस्था रहेको सिगास गाउँपालिकामा वडा कार्यालयबाट सहज र छिटो सेवा पाउन नसक्दा सर्वसाधारण थप समस्यामा पर्ने गरेका छन्। गाउँपालिकाका ९ वटा वडामध्ये सात वटा वडामा करारका कर्मचारीहरूले वडा सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन वडा तहसम्मै स्वीकृत दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग रहेको छ।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस