सूत्र प्रणाली अवरुद्ध हुँदा सेवाग्राही मर्कामा
कञ्चनपुर, साउन १३ । स्थानीय तहमा राजस्व संकलनका लागि प्रयोग हुँदै आएको सूत्र प्रणाली पछिल्लो समय पटक–पटक अवरुद्ध हुँदा कञ्चनपुरसहित देशभरका स्थानीय तहमा सेवाप्रवाह प्रभावित बनेको छ । प्रणालीले नियमित रूपमा काम नगर्दा राजस्व बुझाउन पुगेका सेवाग्राहीले घण्टौँ लाइनमा बस्नुपर्ने, पटक–पटक कार्यालय धाउनुपर्ने र अन्ततः सेवा नै नपाई फर्किनुपर्ने अवस्था सिर्जना भएको हो।
बेलौरी नगरपालिकाको राजस्व शाखामा सामान्य राजस्व बुझाउन आएका सेवाग्राहीले समेत एउटा भुक्तानी प्रक्रिया पूरा गर्न दुईदेखि तीन घण्टासम्म कुर्नुपर्ने अवस्था रहेको छ । समस्या दैनिकजसो दोहोरिन थालेपछि सेवाग्राहीले समय, श्रम र आर्थिक रूपमा समेत अनावश्यक सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।
चार दिनदेखि लगातार राजस्व बुझाउन कार्यालय धाइरहेका बेलौरीका करदाता श्रीकृष्ण न्यौपानेले सूत्र प्रणाली नचल्दा सामान्य कामका लागि पनि पटक–पटक आउनुपरेको बताए ।
करदाता नरेश सुनारले कार्यालय पुग्दा सूत्र प्रणाली नै नचलेको जानकारी पाएपछि तनाव भएको बताए । सूत्र प्रणाली अवरुद्ध हुँदा सेवाग्राही मात्र होइन, कर्मचारी पनि दबाबमा परेका छन् । सेवाग्राहीको लामो लाइन व्यवस्थापन गर्नुपर्ने, एउटै विवरण पटक–पटक प्रविष्ट गर्नुपर्ने र सेवा ढिलो हुँदा सेवाग्राहीको असन्तुष्टि सामना गर्नुपर्ने अवस्था रहेको कर्मचारीले बताए ।
बेलौरी नगरपालिकाका राजस्व शाखा प्रमुख अमरबहादुर रानाले महालेखा नियन्त्रक कार्यालयबाट सूत्र प्रणाली अध्यावधिक गर्ने क्रममा प्राविधिक समस्या देखिएको हुन सक्ने बताए । डिजिटल माध्यमबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको सूत्र प्रणाली नै पटक–पटक अवरुद्ध हुँदा स्थानीय तहको दैनिक प्रशासनिक काम, राजस्व संकलन र नागरिकको सेवामा प्रत्यक्ष असर परेको छ । समस्या कहिले पूर्ण रूपमा समाधान हुन्छ भन्नेमा अन्योल कायम रहेकाले सेवाग्राहीले सम्बन्धित निकायसँग तत्काल प्राविधिक सुधार गरी निर्बाध सेवा सुनिश्चित गर्न माग गरेका छन् ।
सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द
काठमाण्डौ, असोज १९ । नेपालका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेजहरू बन्द गरेका छन् । इन्टरनेट सेवा प्रदायक
विकासका प्राथमिकतासहित डडेल्धुराका सातवटै स्थानीय तहको बजेट सार्वजनिक
डडेल्धुरा, असार ११। डडेल्धुराका सातवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि बजेट सार्वजनिक गरेका छन्। दुई नगरपालिका र पाँच गाउँपालिकाले
कर्जा प्रवाहमा सहुलियत पाईने भएपछि उद्यमी महिलाहरूमा उत्साह
डडेल्धुरा, असार ७। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत दिने घोषणा गरेपछि व्यवसायमा संलग्न










प्रतिकृया दिनुहोस