यसै वर्ष बङ्गलादेश फर्किने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला अस्वीकार

असार १५ । बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्दै आफ्नो अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला “गैरकानुनी, असंवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित“ भएको बताउनु भएको छ । 

सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुगेकी ७८ वर्षीया हसिनाले भारतीय सञ्चारमाध्यम एनडीटीभीसँगको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बङ्गलादेश फर्किने बताउनु भएको छ ।

मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा उहाँले आफू मृत्युबाट नडराउने बताउनुभयो । गएको नोभेम्बरमा ढाकाको एक अदालतले सन् २०२४ को आन्दोलनका क्रममा हत्या गराउन उक्साएको, आदेश दिएको तथा हिंसा रोक्न असफल भएको आरोपमा हसिनालाई अनुपस्थितिमै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

 हसिनाले फैसला अस्वीकार गर्दै न्यायपालिकालाई आफ्नो पार्टी अवामी लिगको नेतृत्व समाप्त पार्न प्रयोग गरिएको राजनीतिक औजारको संज्ञा दिनुभयो । उहाँले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकाङ्क्क्षाका लागि नभई राजनीतिक अधिकार, लोकतन्त्र, कानुनी शासन र सन् १९७१ को स्वतन्त्रता सङ्ग्रामको भावनालाई पुनःस्थापित गर्ने उद्देश्यका लागि भएको दाबी गर्नुभयो । 

हसिनाले अवामी लिगमाथिको प्रतिबन्ध हटाउन, पार्टी नेताविरुद्ध लगाइएका मुद्दा फिर्ता लिन, राजनीतिक बन्दीलाई रिहा गर्न तथा शान्तिपूर्ण राजनीतिक गतिविधिको वातावरण बनाउन वर्तमान सरकारसँग आग्रह गर्नुभएको छ । 

यस्तै प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले भने हसिनाको शासनकालको अन्तिम चरणमा भएका कथित अपराधबारे जवाफदेहिता सुनिश्चित गर्न कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री शाहद्वारा हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण

काठमाडौँ, असोज ९। प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई विश्व समुदायले गम्भीरतापूर्वक

जापानमा १०० वर्षमाथि उमेरका नागरिकको संख्या एक लाखभन्दा बढी

सन् १९६३ मा उमेर १०० वर्ष वा त्यसभन्दा बढी भएका मानिसको तथ्यांक राख्न सुरु गर्दा जापानमा त्यस्ता मानिसको संख्या १५३ थियो। अहिले यो संख्या बढेर १ लाख ७

भारतमा महिलाको पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र मैनबत्ती निकालियो

भारतको आन्ध्र प्रदेशमा डाक्टरले एक महिलाको पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र एउटा मैनबत्ती निकालेका छन् । तीमध्ये एउटा कमल २५ सेन्टिमिटर लामो थियो

↑