असिनाले सखाप पारेपछि दोस्रोपटक मकै छर्दै किसान
बैतडी, जेठ २२। गत साता असिनाले बैतडीको मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा मकैबालीलगायत तरकारीमा ठूलो क्षति पुग्यो । यी तीन स्थानीय तहमध्ये असिनाले सबैभन्दा बढी मेलौलीमा क्षति भएको थियो ।
खेतबारी सेताम्ये हुनेगरी परेको असिनाले भर्खर उम्रिएका मकैका बोट नै बचेनन् । असिनाले बारी बाझो बनेपछि अहिले किसानले दोस्रो पटक मकै छर्दै छरिरहेका छन् । मकै गोड्ने तयारीमा रहेका किसान फेरि छर्नुपर्ने बाध्यता आउँदा समस्यामा परेका छन् । कतिपय किसानलाई फेरि बिउ खोज्न सास्ती भइरहेको छ ।
पाखो बारीमा बल्लतल्ल उम्रेर ४ पाते भएको मकै असिनाले सखाप पारेपछि दोस्रो पटक छरिरहेको मेलौलीका किसान करन भट्टले बताए । पहिला गोरु र ट्याक्टरले जोतेर मकै छरेका स्थानीय पुराना बोटमा ठुटा उम्रिने आशमा अहिले हातले खनेर छरिरहेका छन् । असिनाका कारण किसानहरु उत्पादन घट्ने चिन्तामा छन् । असिनाले माटो थिचिएका वर्ष उत्पादन कम हुने किसानहरु बताउँछन् ।
जिल्ला प्रशासन कार्यालयले असिनाले भएको क्षतिको विवरण उपलब्ध गराउन नगरपालिकालाई पत्र पठाएको छ । प्रशासनको पत्रपश्चात बल्ल नगरपालिकाले क्षतिको विवरण संकलनको काम गरिरहेको छ । नगरप्रमुख भीमबहादुर चन्दले नगरपालिकाले घर, विद्यालयका छाना उडाएको क्षतिपूर्ति दिने भए पनि किसानलाई असिनाबाट भएको क्षतिमा राहत दिननसक्ने बताए । नगरपालिकामा जम्मा भएको विवरण जिल्ला प्रशासनमा पठाइदिने र माथिबाटै केही राहत आए त्यही बाँडिदिने उनले बताए ।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस