बैतडी बस दुर्घटनामा ज्यान गुमाएका बित्थडचिरका आठ जनाको सामूहिक अन्त्येष्टि

बझाङ, माघ २४ । बैतडीको पुर्चौडी नगरपालिका –७ बडूगाउँको मोडमा बिहीबार अपराह्न जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाएका बझाङको बित्थडचिर गाउँपालिका –७ का आठ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ ।

उक्त दुर्घटनामा १३ जनाको ज्यान गएको थियो । मृतकमध्ये बित्थडचिर –७ का चार जना सहोदर दाजुभाइ र चार जना बाबु–छोरासहित एक आफन्तको निधन भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा सहोदर दाजुभाइ नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी, बाबु–छोरा केशवराज जोशी र अशोकराज जोशी, सहोदर दाजुभाइ किसनदत्त जोशी र विसनदत्त जोशी तथा आफन्त दिपकराज जोशी रहेका छन ।

एकै गाउँका आठ जनाको एकसाथ अन्त्येष्टि गरिएको छ । मृतकका परिवार, आफन्त तथा स्थानीयवासीहरू शोकाकुल बनेका छन ।
 

प्रतिकृया दिनुहोस

अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे 

धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा

भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि

कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा

↑