रणबिर सिंह क्षेत्री ‘पुस महिनाको उत्कृष्ट प्रहरी’ घोषित
दार्चुला, माघ ४। जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरी सहायक हवल्दार रणबिर सिंह क्षेत्रीलाई पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै सम्मान गरेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक गौरव महतले एक कार्यक्रमका बीच प्रहरी सहायक हवल्दार क्षेत्रीलाई प्रमाणपत्रसहित पुरस्कृत गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। कार्यालयका अनुसार क्षेत्रीले पुस महिनाभर शान्ति–सुरक्षा कायम राख्न, सेवाग्राहीमैत्री व्यवहार देखाउन तथा जिम्मेवारीलाई अनुशासित र प्रभावकारी रूपमा निर्वाह गरेकाले उनलाई उत्कृष्ट प्रहरीका रूपमा चयन गरिएको हो।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक महतले कर्तव्यनिष्ठ, इमानदार र सक्रिय प्रहरी कर्मचारीको योगदानले प्रहरी संगठनप्रति जनविश्वास बढ्ने उल्लेख गर्दै आगामी दिनमा समेत यस्तै कार्यसम्पादन अपेक्षा गरिएको बताउनुभयो। सम्मान प्राप्त गरेपछि प्रहरी सहायक हवल्दार क्षेत्रीले जिम्मेवारी अझ निष्ठापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस