बझाङका १० हजार ८५५ बालबालिकालाई आईपीभी खोप
बझाङ, जेठ २५ । बझाङका १० हजार ८५५ बालबालिकालाई पोलियो रोग विरुद्धको आईपीभी खोप लगाइएको छ । स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य निरीक्षक दीपक ऐडीका अनुसार जेठ १३ देखि २० गतेसम्म सञ्चालित खोप अभियानमा सो संख्यामा बालबालिकालाई खोप लगाइएको हो ।
जिल्लाको बुङ्गल नगरपालिकाका १ हजार ९५२ बालबालिकालाई आईपीभी खोप लगाइएको छ । त्यसैगरी जयपृथ्वी नगरपालिकाका १ हजार ६३१, सुर्मा गाउँपालिकाका १ हजार ११०, तल्कोटका ७१४, मष्टाका ६२, छबिसपाथिभेराका ८६, दुर्गाथलीका ५२५, केदारस्युँका १ हजार ३०५, बित्थडचिरका ९०१, थलाराका ७१०, खप्तडछान्नाका ५१० र साइपाल गाउँपालिकाका ८९ जना बालबालिकालाई खोप लगाइएको छ ।
खोप अभियनका लागि जिल्लामा ३४१ ओटा खोप केन्द्र तोकिएका थिए । पोलियो खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियोको जोखिम बढी हुने हुँदा अभियानमार्फत खोप लगाइएको बताइएको छ ।
सुदूरपश्चिमकै पहिलो आकाशे पुलको फाउण्डेसन तयार
अत्तरिया, कात्तिक ६ । कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया धनगढी ६ लेन सडकमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण भइरहेको छ । बढ्दो
उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला
डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट
सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न
डडेल्धुरा : डडेल्धुरामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको










प्रतिकृया दिनुहोस