गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु
डडेल्धुरा:डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ । छ करोड ५३ लाख रुपियाँभन्दा बढी लागतमा निर्माण सम्पन्न भएको तीन सभाहल र ३६ कोठासहितको आधुनिक भवनको आइतबार गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन गर्नुभएको हो ।
गाउँपालिकाको वडा नम्बर २ गणेशपुरमा निर्माण गरिएको भवनको रिबन काट्नुका साथै शिलालेख अनावरण गरेर उद्घाटन गरिएको हो । वडा नम्बर २ का अध्यक्ष मनोज देउवाका अनुसार हिन्दु धार्मिक परम्पराअनुसार पूजाआजा गरी भवनको उद्घाटन गरिएको हो ।
यसअघि भाडाको घरबाट प्रशासनिक सेवा दिँदै आएको गाउँपालिकाले गत वर्षदेखि कृषि तथा पशु सेवाको एकीकृत भवनबाट सेवा सञ्चालन गर्दै आएको थियो । आफ्नै प्रशासकीय भवन निर्माण भएसँगै सेवाग्राहीलाई सहज हुने र प्रशासनिक कामकाज थप व्यवस्थित हुने गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, सिँचाइ, खानेपानी तथा कृषि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । पाँच वटा वडा रहेको गाउँपालिकाका चार वटा वडामा आफ्नै वडा कार्यालय भवन निर्माण भइसकेका छन् । गाउँपालिकामा एमबिबिएस चिकित्सकसहितको १० शय्याको आधारभूत अस्पताल र दुई वटा शीतभण्डारसमेत सञ्चालनमा रहेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङका अनुसार प्रशासकीय भवन निर्माणका लागि २०७८ पुस २२ गते ठेक्का सम्झौता भएको थियो । २०८१ पुस २० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि सङ्घीय सरकारबाट साझेदारीबापतको बजेट समयमै प्राप्त नहुँदा निर्माण कार्य करिब दुई वर्ष ढिलो भएको उहाँले बताउनुभयो ।
भवन निर्माणका लागि छ करोड ५२ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । गाउँपालिकाको नाममा रहेको ११ रोपनी जग्गामध्ये आठ रोपनी क्षेत्रफलमा प्रशासकीय भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत तामाङले जानकारी दिनुभयो ।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस