डडेल्धुरामा सोमबार बिहानसम्म सवारी आवागमनमा रोक

डडेल्धुरा, असोज ११। निरन्तरको वर्षा र हावाहुरीका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लाभर सवारी साधनको आवागमनमा लगाएको रोक एक दिन थप गरेको छ।

जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान सात बजेदेखि आइतबार बिहान सात बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएकोमा पुनः आइतबार बिहान सात बजेदेखि सोमबार बिहान सात बजेसम्म रोक कायम रहने जनाएको हो।

प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले आईतबार जारी गरेको सूचनामा जिल्लामा निरन्तर वर्षा भइरहेको तथा हावाहुरीसमेत चलिरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाइएको उल्लेख छ।

प्रशासनले रोक लगाइएको अवधिमा आकस्मिक तथा अत्यावश्यक अवस्था परे जिल्ला प्रशासन कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। साथै सुरक्षित साथ रहन र सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
 

प्रतिकृया दिनुहोस

अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे 

धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा

भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि

कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा

↑