बाजुराको ताम्सुका पहिरो पीडितलाई राहत सहयोग
बाजुरा, भदौ २। जिल्लाको त्रिवेणी नगरपालिका –९ ताम्सुका बाढीपहिरो पीडितलाई यतिबेला राहत वितरण गर्ने काम भइरहेको छ ।
गत साउन २८ गते राति परेको अविरल वर्षाका कारण यहाँको ताम्सुको गाउँमाथिबाट आएको पहिरोले दुई पूर्ण क्षति हुनुका साथै अन्य ५८ घर जोखिममा परेका थिए ।
त्रिवेणी नगरपालिकाले यतिबेला ती पहिरोमा पीडित भएका परिवारलाई धमाधम राहत वितरण गरिरहेको छ । जिल्लाको अन्य गैर सरकारी तथा सरकारी कार्यालयसँग समन्य गर्दै पालिकाले यतिबेला राहत वितरण गरेको हो ।
पूर्ण क्षति भएको कर्ण थापा र धर्म थापा लयागतका परिवारलाई चामल, नुन तेल, साबुन भाँडा लुगा कपडा लगायतका दैनिक खाद्यान्न उपभोग्य सामग्री वितरण गरेको त्रिवोणी नगरपालिकाले जनाएको छ ।
यहाँका अन्य जोखिममा परेका परिवारलाई टेन्ट र त्रिपाल वितरण गरेको त्रिवेणी नगरपालिकाका सूचना अधिकारी नरेशराज पन्तले बताउनुभयो ।
यहाँ दुई परिवारको धन सम्पती सबै पूर्णरुपमा क्षति भएकाले उनीहरुलाई बस्ने टेन्ट खाने कुरा लगाउने लुगा खाना पकाउने ग्याँस चुलो दाल चामल नुन तेलको सबै व्यवस्था गरेको छ । अन्य परिवारलाई अहिले तत्काल त्रिपालको मात्र व्यवस्था गरेको सूचना अधिकारी पन्तले बताउनुभयो ।
साउन २८ गते राति गाउँमाथि देखिआएको पहिरोमा परी यहाँ २० वर्षीय प्रतिक्षा थापाको ज्यान गएको थियो । अन्य धर्म र धौली थापा गरी दुई जना घाइते भएका थिए । घाइतेको अहिले धनगढीमा उपचार भइरहेको छ । यहाँका स्थानीयलाई पहिरोको जोखिममा परेकोले उनीहरुलाई अहिले यहाँको विद्यालय र सहकारीको भवनमा व्यवस्था गर्दै आएको त्रिवेणी नगरपालिकाले जनाएको छ ।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस