शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो
कञ्चनपुर, साउन १३ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५० पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघको सङ्ख्या ४४ बाट वृद्धि भएर ५० पुगेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनय झाले आठ बर्षको अवधिमा निकुञ्जमा बाघको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । सन् २०१८ मा गणना गर्दा शुक्लाफाँटामा बाघको सङ्ख्या १६ रहेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज बिहान बाघ सर्वेक्षणको नतिजा सार्जवजिक गर्दै बाघ गणना २०८२ पुसदेखि २०८३ वैशाख १० गतेसम्म गरिएको जनाएको छ । शुक्लाफाँटा र आसपासका क्षेत्रमा कम्प्लेक्स विभाजन गरी बाघ गणना गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । बर्दियामा बाघका लागि आहारा प्रशस्त भएका कारण पनि बाघको सङ्ख्यामा वृद्धि भएको हो । मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघको बासस्थानका रूपमा पनि शुक्लाफाँटा परिचित छ ।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस